सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इस्तियाक अहमद खान निर्वाचन आचार संहिता विपरित रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणको पक्षमा भोट माग्दै हिडेका छन् ।
निर्वाचन आचार संहिता २०७९ को दफा ५ मा स्थानीय सरकारका प्रमुखले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा वा विपक्षमा प्रचार प्रसारमा सङ्लग्न हुन नपाउने व्यवस्था भए पनि नगर प्रमुख खानले भैरहवाका विभिन्न स्थानमा खाँणसँगै घरदैलोमा भोट माग्दै हिडेका छन् ।
नगरप्रमुख खानले गृहमन्त्रीको घरदैलोको क्रममा भेट भएर फोटो खिचेको तर आफूले उनको पक्षमा भोट नमागेको प्रतिक्रिया दिनु भयो ।
खाणले घरदैलो कार्यक्रम गर्दा नगर प्रमुख पनि सहभागी भएको र गौतमबुद्ध बिमानस्थलमा ठूलो संख्यामा रोजगारी खुल्ने र त्यहाँ रोजगारी दिलाउने प्रलोभन देखाएर मत मागेको भन्दै स्थानीयले आलोचना गरेका छन् ।
घटनाका विषयमा निर्वाचन क्षेत्र नम्बर ३ का सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जनप्रतिनिधिले मत माग्न नमिल्ने बताउदै कसैको उजुरी परेमा कारबाही प्रक्रिया अगाडि बढ्ने बताउनु भयो ।