INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा १२ वर्ष ५ महिना कैद

६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगनीयाँका २० वर्षीय सकिल मन्सुरीलाई ०७९ असोज ३० गते १२ वर्ष ५ महिना कैद र ३ लाख रुपियाँ जरिवाना गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले यस्तो फैसला गरेको हो ।

पीडित बालकलाई मन्सुरीले ०७८ साउन ५ गते ‘अप्राकृतिक मैथुन’ गरेको भन्दै पीडितकी हजुरआमा (आमाको आमा) ले जिल्ला प्रहरी कार्यालयमा ०७८ साउन ६ गते उजुरी दिनु भएको थियो ।

भारत जिल्ला अररिया नरपतगञ्जमा सात वर्षअघि विवाहित जेठी छोरीसहित उनका एक छोरा र एक छोरीलाई पीडितकी हजुरआमाले पालनपोषण गर्दै आएकी छिन् ।

पीडितका आमा हनुमाननगर बजारमा दुध बिक्री गर्न र घरका अन्य मानिस बाहिर गएका बेला मन्सुरीले खाने कुरा चिजबल दिई ललाइफकाई गरी पीडितकै घर पछाडिको करेसाबारीमा अप्राकृतिक मैथुन गरेको पीडितले बताउनु भयो ।

पीडितको साउन ५ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले साउन ५ गते आरोपित मन्सुरीलाई गिरफ्तार गरी ०७८ साउन ७ गते उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतमा साउन २८ गते अभियोजन पत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले आरोपित ०७८ साउन २९ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन् ।

अन्य

भिडियो