INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक १ गते पर्सा चोकबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७८ चैत १५ गते बलात्कार गरेका कारण सात महिनाको गर्भ रहेको भन्दै पीडित पक्षले असोज ३१ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए ।

नातेदार समेत रहेका आरोपितको घरमा गहुँ काट्न सघाउन गएको बेला आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ३० गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो