INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचन सुरक्षाका लागि प्रदेशभर ४५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको जनशक्तिलाई परिचालन गरिने भएको छ ।

निर्वाचनका लागि प्रदेशभर ११ हजार १ सय ५६ जना म्यादी प्रहरी र २० हजार ३ सय ४५ जना प्रहरी गरी ३१ हजार ५ सय १ जनालाई निर्वाचन सुरक्षाका परिचालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी १४ हजार बढी सुरक्षाकर्मीलाई  प्रदेश १ मा १ हजार ८ सय ९७ ओटा मतदानस्थल खटाइने भएको छ ।

प्रदेशभर रहेका ४ सय ३८ ओटा मतदानस्थल अति सम्वेदनशील, ८ सय २४ ओटा मतदानस्थल सम्वेदनशील र ६ सय ३५ ओटा मतदानस्थललाई सामान्य भनि वर्गीकरण गरिएको र सोही अनुसार सुरक्षाकर्मीको व्यवस्थापन गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि ४ हजार ९९ ओटा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

९ सय ७१ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशील, १ हजार ८ सय ५५ ओटा मतदान केन्द्रलाई सम्वेदनशील र १ हजार २ सय ७३ ओटा मतदान केन्द्रलाई सामान्य भनि वर्गीकरण गरिएको प्रदेश निर्वाचन कार्यालयका अधिकृत लेवनकश्यप अधिकारीले बताउनु भएको छ ।

photo 20220909 Morang

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा ३ सय ९४ जना नेपाल प्रहरी, ७ सय ४१ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी १ हजार ८ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । एक नगरपालिका र आठ ओटा गाउँपालिका गरी नौ ओटा स्थानीय तह रहेको जिल्लामा एक ओटा निर्वाचन क्षेत्र छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा ५ सय १३ जना नेपाल प्रहरी, ९ सय २५ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी १ हजार ९ सय ३८ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । पाँच ओटा नगरपालिका र पाँच ओटा गाउँपालिका गरी १० ओटा स्थानीय तह रहेको जिल्लामा एक ओटा निर्वाचन क्षेत्र छ ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १ हजार ८ सय बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । १ सय २२ ओटा मतदानस्थल र १ सय २६ ओटा मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउँनका लागि १ हजार ८ सय ५२ जना सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताउनु भयो । निर्वाचनमा ६ सय ११ जना नेपाल प्रहरी, ८ सय २९ जना म्यादी प्रहरी, १ सय ५३ जना शसस्त्र प्रहरी र २ सय ५९ जना नेपाली सेना परिचालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचनमा सेनाको भूमिका प्रत्यक्ष रूपमा नहुने भएपछि सेना सबै तेस्रो घेरामा सहायताका लागि तयारी अवस्थामा रहने प्रमुख जिल्ला अधिकारी खनालले बताउनु भयो । निर्वाचनको पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहले बताउनु भएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा ४ सय ३४ जना नेपाल प्रहरी, ८ सय २८ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी १ हजार ७ सय ६२ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । एक ओटा नगरपालिका र सात ओटा गाउँपालिका गरी आठ ओटा स्थानीय तह रहेको जिल्लामा एक ओटा निर्वाचन क्षेत्र छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा ६ सय ६ जना नेपाल प्रहरी, १ हजार १ सय ८३ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी २ हजार २ सय ८९ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । दुई ओटा नगरपालिका र आठ ओटा गाउँपालिका गरी १० ओटा स्थानीय तह रहेको जिल्लामा एक ओटा निर्वाचन क्षेत्र छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा ४ सय ५८ जना नेपाल प्रहरी, ९ सय १० जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी १ हजार ८ सय ६८ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । दुई नगरपालिका र सात ओटा गाउँपालिका गरी नौ ओटा स्थानीय तह रहेको जिल्लामा एक ओटा निर्वाचन क्षेत्र छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा ५ सय २ जना नेपाल प्रहरी, ९ सय ३० जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी १ हजार ९ सय ३२ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । तीन ओटा नगरपालिका र चार ओटा गाउँपालिका गरी सात ओटा स्थानीय तह रहेको जिल्लामा एक ओटा निर्वाचन क्षेत्र छ ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा २ सय ८८ जना नेपाल प्रहरी, ५ सय ४ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी १ हजार २ सय ९२ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । दुई ओटा नगरपालिका र चार ओटा गाउँपालिका गरी ६ ओटा स्थानीय तह रहेको जिल्लामा एक ओटा निर्वाचन क्षेत्र छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा ५ सय ३४ जना नेपाल प्रहरी, १ हजार १७ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी २ हजार २१ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । एक नगरपालिका र सात ओटा गाउँपालिका गरी आठ ओटा स्थानीय तह रहेको जिल्लामा एक ओटा निर्वाचन क्षेत्र छ ।

इलाम प्रतिनिधि बविता मैनालीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा ७ सय ७७ जना नेपाल प्रहरी, १ हजार ४ सय ९१ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी २ हजार ७ सय ६८ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । चार ओटा नगरपालिका र ६ ओटा गाउँपालिका गरी १० ओटा स्थानीय तह रहेको जिल्लामा दुई ओटा निर्वाचन क्षेत्र छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १ हजार ९ सय १८ जना नेपाल प्रहरी, ३ हजार ५ सय ५५ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी ६ हजार ४ सय ७३ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । आठ ओटा नगरपालिका र सात ओटा गाउँपालिका गरी १५ ओटा स्थानीय तह रहेको जिल्लामा पाँच ओटा निर्वाचन क्षेत्र छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा ७ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । ३ सय ६ ओटा मतदानस्थल र  मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउँनका लागि ७ हजार २ सय जना सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भयो । निर्वाचनमा नेपाल प्रहरी र म्यादी प्रहरी गरी ५ हजार ५ सय,१ हजार १ सय जना शसस्त्र प्रहरी र ६ सय जना नेपाली सेना परिचालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचनमा सेनाको भूमिका प्रत्यक्ष रूपमा नहुने भएपछि सेना सबै तेस्रो घेरामा सहायताका लागि तयारी अवस्थामा रहने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनु भयो । निर्वाचनको पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिने प्रमुख जिल्ला अधिकार दाहालको भनाइ छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १ हजार ४ सय ४९ जना नेपाल प्रहरी, २ हजार ५ सय ४१ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी ४ हजार ९ सय ९० जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । दुई ओटा उपमहानगरपालिका, चार ओटा नगरपालिका र ६ ओटा गाउँपालिका गरी १२ ओटा स्थानीय तह रहेको जिल्लामा चार ओटा निर्वाचन क्षेत्र छ ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा ६ सय ९९ जना नेपाल प्रहरी, १ हजार २ सय २७ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी २ हजार ९ सय २६ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । चार ओटा नगरपालिका र चार ओटा गाउँपालिका गरी आठ ओटा स्थानीय तह रहेको जिल्लामा दुई ओटा निर्वाचन क्षेत्र छ ।

अन्य

भिडियो