INSEC Online

📅 २०८३ जेष्ठ २१

रसुवाका २१ मतदान केन्द्र संवेदनशील

जिल्ला सुरक्षा समितिले जिल्लाका २१ वटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखिएको छ ।

विगतका निर्वाचनमा भएको झडप तथा अन्य गतिबिधिलाइ मध्यनजर राख्दै सुरक्षा व्यवस्था कडा गरिएको छ । गोसाइकुण्ड गाउँपालिकामा रहेको लाङटाङ मतदानस्थल अतिसंवेदनशील छ अन्य २० ओटा मतदान स्थल संवेदनशील रहेको छ । १२ ओटा मतदानस्थल भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी  कुलदिप चन्दले बताउनु भयो।

धेरै गाउँ बस्ती टाढा रहेकोले भौगोलिक विकटता, सडक सञ्जालले नजोडेको स्थानलाई सुरक्षाका दृष्टिले अतिसंवेदनशील मानिएको हो । त्यस्ता स्थानमा निर्वाचनविरोधी गतिविधि हुन सक्ने भएकाले सुरक्षा व्यवस्था मजबुत बनाउन थप तयारी गरिएको प्रमुख जिल्ला नबराज जैसीले बताउनुभयो ।यस्तै निर्वाचनलाई स्वच्छ भयरहित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नका लागि रसुवामा थप सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

जिल्लाको कूल जनसङ्ख्या ४५,५५४ जना छन् । महिला मतदाता १९, ३४०, पुरुष मतदाता २०,११८  जना गरी कुल मतदाता ३९,४५९ जना छन् । जिल्लाभर मतदान केन्द्र ५१ ओटा  र  मतदान स्थल ३४ ओटा रहेका छन् ।

अन्य

भिडियो