INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा १८ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राजगढ गाउँपालिका–२ कमलपुरका २० वर्षीय जिवनकुमार यादव भनिने रामजिवन यादवलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले ०७९ असोज २८ गते १८ वर्ष कैद सजाय, ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने र २ हजार २ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न फैसला गरेको हो ।

बालिकालाई आरोपितले ०७७ वैशाख ३ गते बलात्कार गरेको भन्दै पीडितका दाजुले जिल्ला प्रहरी कार्यालयमा ०७७ वैशाख ४ गते उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयले वैशाख ४ गते उजुरी दर्ता गरी सोही दिन पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।

सौच गर्न राति घर बाहिर निस्किएका बेला यादवले जवरजस्ती नियन्त्रणमा लिई नजिकैको पोखरीको डिलमा रहेको चौरमा लगी बलात्कार गरेको पीडितले बताउनु भयो । मौखिक उजुरीका आधारमा प्रहरीले यादवलाई वैशाख ३ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतमा ०७७ वैशाख २४ गते अभियोजन पत्र दायर भएकोमा न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको आदेशमा आरोपित यादव वैशाख २९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो