जिल्ला सुरक्षा समिति लमजुङको सिफारिसमा केन्द्रीय सुरक्षा समितिले जिल्लाका २३ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ ।
जिल्लामा १ सय २८ ओटा मतदानस्थलका १ सय ८६ ओटा मतदान केन्द्र तय गरिएको छ । जसमध्ये २३ ओटा मतदानस्थललाई अति संवेदनशील, ८३ ओटा मतदानस्थललाई संवेदनशील र २२ ओटा मतदानस्थललाई सामान्य सूचीमा राखिएको हो ।
निर्वाचनमा सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना रहने भएका कारण स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने मतदाताको अधिकारलाई हरतरहले सुरक्षित गरिने भएकाले ढुक्क भएर मतदानका लागि प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले आग्रह गर्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सिर्मलले निर्वाचनमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिने तथा आपतकालिन स्थित भएका खण्डमा तुरुन्तै सुरक्षा बल पठाउने व्यहोरा पनि जानकारी दिनु भयो ।