INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई जना बालबालिकाको हत्या गरेर शव गाडेको अवस्थामा भेट्टीयो

तुलसीपुर उपमनपा–१३ का १५ वर्षीय शरद आचार्य र १४ वर्षीय रोशनी महतराको हत्या गरेर स्थानीय डाँडागाउँमा शव गाडिएको अवस्थामा असोज ३० गते फेला परेको छ ।

दुबै जनाको टाउको, मुखमा गहिरो चोट लागेको र रोशनीको दुवै हातका औला काटिएको र हत्केलामा गहिरो चोट देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

दुई जना बालबालिकाहरू असोज २७ गते देखि हराएको भन्दै बालबालिकाहरूका अभिभावकहरूले इलाका प्रहरी कार्यालय तुलसीपुरमा असोज २७ गते निवेदन दिएका थिए ।

आफन्तहरूले खोजी गर्ने क्रममा असोज ३० गते दिउसो स्थानीय जङ्गलभित्र खोल्सामा हत्या गरेर गाडिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले घटनामा सङ्लग्नहरुको खोजीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा असोज ३१ गते उजुरी दिएका छन् ।

दंगीशरण गाउँपालिका–६ थपगाउ घर भएका मृतक शरद बुवाआमाको सम्वन्ध विच्छेदपछि आमासँग तुलसीपुर उपमनपा–१३ मामाघरमा बस्दै आएका थिए भने मृतक रोशनीका बुवाआमा कामका लागि भारतमा बस्दै आएको र घरमा दुई दिदीवहिनी बस्दै आएका थिए ।

मृतक दुबै जना स्थानीय अम्बीकेश्वरी माविमा अध्ययनरत विद्यार्थी भएको र  घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताउनु भयो ।

शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

अन्य

भिडियो