२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित दुल्लू नपा–९ पादुकाका २६ वर्षीय राजेश योगीलाई प्रहरीले असोज ३१ गते गिरफ्तार गरेको छ ।
घरमा सुतिरहेको अवस्थामा महिलालाई असोज २९ गते राति बलात्कार प्रयास गरेको भन्ने स्थानीयले दिएको सूचनाको आधारमा आरोपितलाई घटनास्थलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, दैलेखका सूचना अधिकारी इन्स्पेक्टर पिताम्वर कार्कीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ३० गते दैलेख अस्पतालमा भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी इन्स्पेक्टर कार्कीले बताउनु भयो ।