सिरहा, गोलबजार नगरपालिका स्थायी घर भएका १८ वर्षीय अंशु सदालाई असोज २३ गते अपहरण गरी फिरौती नदिएको भन्दै असोज २७ गते हत्या गरेको आरोप प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।
प्रहरीले हत्या आरोपमा धनुषाका विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्कीलाई असोज २८ गते गिरफ्तार गरेको छ ।
विराटनगर महानगरपालिका–११ बसपार्कस्थित एउटा गेष्ट हाउसमा सदालाई असोज २३ गतेदेखि बन्धक बनाएर राखिएको र फिरौती नदिएको भन्दै असोज २७ गते हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी शान्तिराज कोइरालाले बताउनु भयो ।
अपहरणकारीले १ लाख रुपियाँ फिरौती मागेको र फिरौती नपाएपछि इँटाले मुखमा हिर्काएर हत्या गरेको घटनाको वस्तुस्थितीले देखाएको एसपी कोइरालाले बताउनु भयो ।
हत्यापछि लासलाई बक्स पलङ्गभित्र लुकाएर आरोपितहरू भाग्ने प्रयास गर्दागर्दै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित परिवार आएपछि लासको मुचुल्का तयारी गरी कोशी अस्पतामा पोष्टमार्टमपछि शव पीडित परिवारलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ ।