INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा–१३ पैसियाका २० वर्षीय सहजात खान विरूद्ध असोज २२ गते उजुरी दर्ता गरेको छ  ।

पीडितलाई आरोपितले असोज ६ गते प्रलोभन देखाइ भारतमा आफन्तको घरमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २२ गते इलाका प्रहरी कार्यालय ल्म्बिनीमा उजुरी दिएका थिए ।

बालिकालाई विभिन्न प्रलोभन देखार भारतमा लगेर बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडित पक्षले बताए ।

पीडितले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीलेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २२ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो