१५ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–८ का २७ वर्षीय गणेश परियारलाई असोज २३ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज २२ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
आरोपितले विभिन्न प्रलोभन देखाएर बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।
पीडितले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।