६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले औरही गाउँपालिका–२ का १९ वर्षीय धिरज सदालाई असोज २२ गते गिरफ्तार गरेको छ ।
आरोपित सदाले असोज २१ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा असोज २२ गते उजुरी दिएको पीडित बालकको आमाले बताउनु भयो । पीडित बालकको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज २२ गते गरिएको छ ।
आरोपित सदालाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीले बताउनु भयो ।