INSEC Online

📅 २०८३ जेष्ठ २१

आचार संहिता विपरीत राखिएको झण्डा हटाउन मुख्य निर्वाचन अधिकृतको अनुरोध

निर्वाचन आचार संहिता विपरीत नेकपा माओवादी केन्द्रले जिल्ला सदरमुकाम चौतारा बजारमा राखिएको झण्डा हटाउन ०७९ असोज २३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुरोध गरे पनि बजारक्षेत्रमा राखिएको झण्डा हटाइएको छैन  ।

नेकपा माओवादी केन्द्रले असोज २२ गते राती चौतारा बजारमा प्रत्यक घरमा निर्वाचन चिह्न अङ्कित झण्डा राखिएको थियो । उक्त कार्य निर्वाचन आचार संहिता २०७९ को परिच्छेद ४ को दफा १४ काे उपदफा १ को खण्ड (ज) को उल्लङ्घन भएको हो ।

उक्त कार्य आचार संहिता विपरीत भएको भन्दै हटाउन अनुरोध गरेको मुख्य मुख्य निर्वाचन अधिकृत बिदुर कोइरालाले बताउनु भयो ।

मुख्य जिल्ला निर्वाचन अधिकृत कोइरालाका अनुसार निर्वाचन आचार संहिता विपरीतका कार्यहरूलाई निरुत्साहीत गराउनु सबै पक्षको दाइत्व हुन आउँछ ।  त्ससैले सबैपक्ष सजग हुन आवश्यक छ ।

photo1Sindhupalchok20790624

अन्य

भिडियो