INSEC Online

📅 २०८३ जेष्ठ २१

सुदूरपश्चिम प्रदेशमा मनोनयनपत्र दर्ता प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न, दलहरुद्धारा आचार संहिता उल्लङ्घन

आगामी मङ्सिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मनोनयनपत्र दर्ता प्रक्रिया असोज २३ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

इन्सेक प्रदेश कार्यालय, धनगढी र इन्सेक जिल्ला प्रतिनिधिहरुले मनोनयनपत्र दर्ता प्रक्रियाको अनुगमन गर्दा जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगरेको पाइएको छ ।

निर्वाचन आचारसंहिता परिच्छेद ४ को (ड) र (ण) मा दलको झण्डाको आकार ठुलो राख्न नपाइने, २५ जना भन्दा बढी सहभागि हुन नपाउने, बाजागाँजा र जुलुस निकाल्न नपाइने उल्लेख गरिएको भएपनि यस प्रदेशका केही निर्वाचन क्षेत्रमा राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन गरेर मनोनयनपत्र दर्ता गराएको पाइएको छ ।

इन्सेक दार्चला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको उम्मेदवारी मनोनयनपत्र दर्ता प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी मनोनय दर्ता गराएका हुन् । जिल्लाका आठ ओटा राजनीतिक दलले प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लाबाट गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहनु भएका दिलेन्द्रप्रसाद बडुले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी गठबन्धनकोतर्फबाट प्रदेश सभा (क) मा नेपाली कांग्रेसका विक्रमसिह धामी तथा प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका मानबहादुर धामीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धामी सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री समेत हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले भने छुट्टै उम्मेदवारी दर्ता गरेको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बीरबहादुर ठगुन्नाले प्रदेश सभा (ख)मा उम्मेदवारी दिनु भएको छ । यसैगरी नेकपा एमालेकोतर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि गणेशसिह ठगुन्नाले उम्मेदवारी दर्ता गराउनु भएको छ । ठगुन्ना ०७० र ०७४ सालमा निरन्तर दुई पटक निर्वाचित हुनु भएको थियो । प्रदेश सभा (क) मा हरदेव जोशी र प्रदेश सभा (ख) मा रामदत्त जोशीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य पदका लागि नेपाल मजदुर किसान पार्टीका विश्वराम दुवालले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रसिह धामी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका देवबहादुर बम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रमेशराम लुहार, पिपुल्स पार्टीका धनसिह दयाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्रसिह धामीले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयनपत्र दर्ता गराउनु भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकातर्फबाट प्रदेश सभा (क) मा नन्दी कामी र प्रदेश सभा (ख) मा गगनसिह ठगुन्नाले मनोनयनपत्र दर्ता गराउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकोतर्फबाट प्रदेश सभा (क) मा चक्रबहादुर बम र प्रदेश सभा (ख) मा अमरसिह धामीले मनोनयनपत्र दर्ता गराउनु भएको छ । नेपाली कांग्रेस वीपीकोतर्फबाट प्रदेश सभा (क) मा राजेन्द्रप्रसाद बडु र प्रदेश सभा (ख) मा रामसिह भण्डारीले मनोनयनपत्र दर्ता गराउनु भएको छ् । यसैगरी प्रदेश सभा (क) मा शङ्करसिह धामी र प्रदेश सभा (ख) मा बहादुरसिह धामीले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयनपत्र दर्ता गराउनु भएको छ । प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउने धामी पत्रकार हुन भने (ख) क्षेत्रमा उम्मेदवारी दर्ता गराएका धामी लटिनाथ क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् ।

इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । दल तथा स्वतन्त्र व्यक्तिहरुले जिल्लाको क्षेत्र नम्बर १ को निर्वाचनका लागि साँफेबगरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नम्बर २ को लागि जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्नु भएको छ । निर्वाचन आचारसंहिता अनुरुप नै जिल्लास्थित राजनीतिक दलहरुले बाजागाजा, नारा जुलुससहित र्याली गरेर मनोनयनपत्र दर्ता गरेको पाइएको छ । झरी परेका कारण उम्मेदवार र समर्थकहरुको सानो समूह छाता ओेढेर मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुग्नु भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको पहिलो हुने प्रत्येक्ष निर्वाचन प्रणाली अन्तर्गत कुनै पनि राजनीतिक दलबाट महिला, दलित र जनजातिको मनोनयनपत्र दर्ता गरिएको पाइएन् । प्रतिनिधिसभाको क्षेत्र नम्बर १ मा सात जनाले मनोनयनपत्र दर्ता गरेका छन् भने क्षेत्र नम्बर २ मा १२ जनाले मनोनयनपत्र दर्ता गरेका छन् । जिल्लाको क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा चार जना र क्षेत्र नम्बर २ मा एक जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयनपत्र दर्ता गरेका छन् । नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी, नागरिक उन्मुक्ति पार्टीकोतर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि मनोनयनपत्र दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ को ‘क’ मा प्रदेशसभामा एक जना स्वतन्त्र सहित तीन जना र प्रदेशसभा ‘ख’ मा दुई जनाले मनोनयनपत्र दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा खेमराज पुनमगरले बताउनु भयो । क्षेत्र नम्बर २ को ‘क’ प्रदेश सभामा एक जना स्वतन्त्र सहित तीन जना र ‘ख’ प्रदेश सभामा एक जना स्वतन्त्रसहित चार जनाले मनोनयनपत्र दर्ता गरेको निर्वाचन अधिकृत कार्यालयका लेखापाल खेमराज ढकालले बताउनु भयो । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)बाट श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवर र नेकपा (एमाले) कातर्फबाट झपट बोहरा, हाम्रो नेपाली पार्टीबाट तेजप्रसाद शर्मा र स्वातन्त्र उम्मेदवारका रुपमा महेन्द्र बोगटी, राजन कुँवर, हिक्मत कुँवर र जगतबहादुर रावलले मनोनयनपत्र दर्ता गराउनु भएको निर्वाचन अधिकृत कार्यालयका नायब सुब्बा खेमराज पुनमगरले बताउनु भयो । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा एमालेका निवर्तमान सांसद यज्ञबहादुर बोगटी, कांग्रेसका पुष्पबहादुर शाह, राप्रपाबाट मीनबहादुर शाही, नेमकिपाबाट झंकरबहादुर शाही र स्वतन्त्रबाट चन्द्रप्रसाद ढुङ्गानाले मनोनयनपत्र दर्ता गराउनु भएको छ । प्रदेशसभा क्षेत्र नम्बर १ ‘क’ मा कांग्रेसका मेघराज खड्का, एमालेबाट देवबहादुर कुँवर र नागरिक उन्मुक्ति पार्टीबाट विक्रम कुँवरको मनोनयनपत्र दर्ता भएको छ । यसैगरी क्षेत्र नम्बर १ ‘ख’ मा एमालेबाट कृष्णप्रसाद जैसी, माओवादी केन्द्रकातर्फबाट झपट साउँदको मनोनयन दर्ता भएको छ । प्रदेश सभा क्षेत्र नम्बर २ ‘क’ मा एमालेबाट भीमबहादुर विष्ट, माओवादी केन्द्रका अक्कलबहादुर रावल र स्वतन्त्रबाट बमबहादुर बिसीले मनोनयनपत्र दर्ता गर्नु भएको छ भने क्षेत्र नम्बर २ ‘ख’ मा एमालेबाट शिवप्रसाद उपाध्याय, कांग्रेसबाट मानबहादुर रावल, राप्रपाबाट दीपक विष्ट र स्वतन्त्रबाट नृप विष्टले मनोनयनपत्र दर्ता गर्नु भएको छ ।

photo20221009achham (1)

photo20221009achham (7)

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्लास्थित राजनीतिक दलहरुले शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता गरेको भएपनि निर्वाचन आचारसंहितको पूर्ण पालना भने नगरेको पाइएको छ । मनोनयन दर्ताका क्रममा जिल्ला स्थित राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ को (ड) मा दलको झण्डाको साइज तोकिएकोे भन्दा बढी नहुने उल्लेख गरिएको भएपनि नेपाली कांगेसले मनोनयनपत्र दर्ताको क्रममा सो भन्दा ठुलो आकारका झण्डाको प्रयोग गरेको पाइएको छ । यसैगरी निर्वाचन आचारसंहिताको परिच्छेद ४ कै (ण) मा मनोनयपत्र बुझाउन जाँदा बढीमा २५ जनाको मात्रै सहभागिता हुनु पर्ने उल्लेख गरिएको भएपनि नेकपा एमालले २५ जना भन्दा बढीको सहभागितामा ¥याली सहित मनोनयपत्र दर्ता गराएको पाइएको छ । निर्वाचन आचरसंहिताको परिच्छेद ४ कै (ण) मा मनोनयपत्र दर्ता गर्न जाँदा कुनै बाजागाँज तथा झाँकी सहित जान नहुने भनिएपनि राष्ट्रिय स्वतन्त्र पार्टीले बाजागाँजा सहित मनोनयनपत्र दर्ता गराएको थियो ।

photo20221009baitadi (1)

photo20221009baitadi (2)

इन्सेक डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार अगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाबाट ११ जनाले मनोनयनपत्र दर्ता गर्नु भएको छ । मनोनयनपत्र दर्ताका क्रममा राजनीतिक दलले निर्वाचन आचरसंहिता पालना भने गरेको पाइएको छैन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसबाट कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेस (बीपी) बाट कर्णबहादुर मल्ल, नेकपा एमालेबाट चक्रप्रसाद स्नेही , राप्रपाबाट गोविन्द खडायत, राप्रपा नेपालबाट कालीप्रसाद जोशी, लोसपाबाट श्याम सिनाल, स्वतन्त्रबाट विक्रम शाही, कर्णसिंह रावल, सागर ढकाल, दानबहादुर पाल, लालबहादुर कठायतले मनोनयनपत्र दर्ता गराउनु भएको छ । प्रदेशसभामा (क) मा ६ जना र प्रदेशसभा (ख) मा आठ जनाले मनोनयनपत्र दर्ता गराएका छन ।  प्रदेशसभा (क) मा माओवादी केन्द्रका खगराज भट्ट, नेकपा एमालेबाट पठानसिंह बोहरा, नेपाली कांग्रेस (बीपी)बाट गणेशप्रसाद जोशी, स्वतन्त्रबाट महेशसिंह धामी, धनबहादुर बोहरा, पदमराज जोशीले मनोनयनपत्र दर्ता गराउनु भएको छ । प्रदेशसभा (ख) मा नेपाली कांग्रेसबाट गोविन्दराज बोहरा, नेकपा एमालेबाट गजेन्द्र शाही, स्वतन्त्रबाट डाक्टर तारा जोशी, नवराज धिक्त, नरभान पार्की जयराज अवस्थी, तेज बहादुर कठायत, र खेमराज पनेरुले मनोनयनपत्र दर्ता गराउनु भएको छ ।

इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार आगामी मङ्सिक ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लास्थित राजनीतिक दल र स्वातन्त्र उम्मेदवारहरुले मनोनयनपत्र दर्ता प्रक्रिया असोज २३ गते शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रतिनिधिसभाका तीन ओटा र प्रदेशसभाका ६ ओटा निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि जिल्लामा ८६ जनाले मनोनयनपत्र दर्ता गराएका छन । प्रतिनिधिसभा सदस्यका लागि ३१ जना  र प्रदेशसभा सदस्यका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत तारा प्रशाद शर्माले तीन ओटै निर्वाचन क्षेत्रमा प्रदेश र प्रतिनिधिसभातर्फ विभिन्न राजनीतिक दल एव स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिएको बताउनु भयो । शर्माका अनुसार प्रतिनिधिसभातर्फका तीन सिटका लागि ३१ जना र प्रदेशसभाका ६ सिटका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएका हुन । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा आठ जना, क्षेत्र नम्बर २ मा १० जना र क्षेत्र नम्बर ३ मा १३ जनाले मनोनयनपत्र दर्ता गराउनु भएको छ । प्रदेशसभा सदस्य पदका ६ सिटका लागि क्षेत्र नम्बर १ मा १६ जना, क्षेत्र नम्बर २ मा २० जना र क्षेत्र ३ मा १९ जनाले मनोनयनपत्र दर्ता गर्नु भएको छ ।

photo20221009kanchanpur (5)

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको असोज २३ गते मनोनयनपत्र दर्ता प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाका पाँच  निर्वाचन क्षेत्रमा तोकिएका निर्वाचन कार्यालयमा गई राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता  गराएका हुन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धन, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वातन्त्र गरी ११ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ४ मा १० जना, क्षेत्र नम्बर ३ मा आठ जना, क्षेत्र नम्बर २ मा नै जना, क्षेत्र नम्बर १ मा १० जना गरी ४८ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता  गराएका छन् । यसैगरी १० जना प्रदेश सभा सदस्यका लागि जिल्लाका पाँच ओटा निर्वाचन क्षेत्रबाट ९६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन  कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताउनु भयो ।

photo20221009kailali (5)

इन्सेक डोटी प्रतिनिधि गणेश जोशीका अनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्येक्ष निर्वाचन प्रणाली अन्तर्गत जिल्लामा मनोनयनपत्र दर्ता प्रक्रिया असोज २३ गते शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । राजनीतिक दलहरुले आचारसंहित विपरितका कार्यहरु जस्तै र्‍याली, जुलुस, बालबालिकाको प्रयोग, ठुलो आकारका झण्डा प्रयोग लगायत निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगरेको अनुगमनका क्रममा पाइएको छ । प्रतिनिधिसभाका लागि एक मात्रै नर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एकीकृत समाजवादीकातर्फबाट प्रेम आले, नेकपा ऐमालेकातर्फबाट गौरी वलि, राप्रपाकातर्फबाट अङ्कबहादुर खड्कका, स्वातन्त्र पार्टीकातर्फबाट केशव बलायर, स्वतन्त्र उम्मेदवारका रुपमा राजप्रसाद जोशी र नरेन्द्र खड्काले मनोनयनपत्र दर्ता गर्नु भएको छ । यसैगरी प्रदेश सभा क्षेत्र नम्बर (क)मा नेपाली कांग्रेसकातर्फबाट नरेन्द्र सिंह, नेकपा ऐमालकातर्फबाट चक्र मल्ल, राप्रपाकातर्फबाट मोहन बम र स्वातन्त्र उम्मेदवारका रुपमा शैलेन्द्र खड्काले मनोनयनपत्र दर्ता गराउनु भएको छ  भने प्रदेशसभा (ख)बाट नेकपा ऐमालेकातर्फबाट टेक बम र नेकपा माओवादी केन्द्रकातर्फबाट शिव वलिले मनोनयनपत्र दर्ता गराउनु भएको छ ।

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार आगामी मङ्ंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली अन्गर्तत जिल्लास्थित निर्वाचन अधिकृत कार्यालयमा असोज २३ गते बिहान १०  देखिदेखि बेलुका ५ बजेसम्म उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गर्ने कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि पाँच जना र प्रदेश सभा सदस्य अन्तर्गत प्रदेश (क) मा पाँच जना र  प्रदेशसभा (ख)मा चार जना गरी १४ जनाले मनोनयनपत्र दर्ता गर्नु भएको छ । प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे, राप्रपाका जंगकुमार गिरी, स्वातन्त्रबाट टेकबहादुर बडुवाल र जनसमाजवादी नेपालबाट रामबहादुर शाहीेले मनोनयनपत्र दर्ता गराउनु भएको छ । यसैगरी  प्रदेश सभा क्षेत्र नम्बर (क)मा नेकपा ऐमालेकातर्फबाट बलदेव रेग्मी, नेकपा माओवादी केन्द्रबाट कर्णबहादुर वि.क, नेकपा एकीकृत समाजवादीकातर्फबाट नरेशकुमार शाही र स्वातन्त्र उम्मेदवारका रुपमा सहदेव बोकटी र रंगमान शाहीले मनोनयनपत्र दर्ता गराउनु भएको छ भने प्रदेश सभा क्षेत्र नम्बर (ख)मा नेपाली कांग्रेसकातर्फबाट पदमबहादुर शाही, नेकपा एमालेकातर्फबाट लालबहादुर थापा, राप्रपाकातर्फबाट हिमालबहादुर शाही  स्वातन्त्र उम्मेदवारका रुपमा जनकबहादुर रावलले मनोनयनपत्र दर्ता गराउनु भएको छ । राजनीतिकदलहरुले आचारसंहिता अनुरुप नै मनोनयनपत्र दर्ता प्रक्रियामा सहभागि हुनु भएको मुख्य निर्वाचन अधिकृत ढाँकाराम पौडेलले बताउनु भयो ।

इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा मनोनयनपत्र दर्ता प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभाका लागि १० जना र प्रदेशसभाका लागि १२ जना गरी २२ जनाले मनोनयनपत्र दर्ता गरेका छन् । मनोनयनपत्र दर्ताका क्रममा राजनीतिक दलहरुबाट आचरसंहिता उल्लङ्घन गरेको भने पाइएको छैन् । प्रतिनिधिसभाका लागि १० जनाले मनोनयनपत्र दर्ता गरेको भएपनि यसमध्ये चार जना स्वतन्त्र उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गरेका छन् । प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, नेकपा एमालेबाट ऐन महर, राप्रपाबाट विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्र्टीबाट प्रेमराज जोशी, राप्रपा नेपालबाट कृष्णबहादुर सिंह, जनता समाजवादी पार्टी जसपाबाट रामबहादुर जाग्रीले मनोनयन दर्ता गराउनु भएको छ । गठबन्धन विरुद्ध नेपाली कांग्रेसका पूर्व जिल्ला पार्र्टी सभापति समेत रहेका हर्कजंगबहादुर सिंह, माओवादी केन्द्रका लोकेन्द्रबहादुर धामी निर्मलले मनोनयन दर्ता गारउनु भएको छ ।  स्वतन्त्र उम्मेदवारका रुपमा डम्बरबहादुर खड्का, रामचन्द्र राना क्षेत्रीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनु भएको छ । यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र (क) तर्फ नेकपा एमालेका संविधानसभा सदस्यसहित रहनु भएका अफिलाल ओखेडा, गठबन्धनबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह, राप्रपाबाट हरिलाल भट्टराई, राप्रपा नेपालबाट कणर्बहादुर खड्का, नेस्नल पिपुल्स पार्र्टीबाट भीमबहादुर खड्काले मनोनयनपत्र दर्ता गराउनु भएको छ ।  स्वतन्त्र उम्मेदवारका रुपमा जगतप्रसाद जोशी र जयभक्त जोशीले मनोनयन दर्ता गराउनु भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा नेकपा एमालेबाट एलबी रावल, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारी, राप्रपाबाट विरेन्द्र मल्ल, नेपाली कांग्रेस विपीबाट निर्मलाकुमारी विकले मनोनयनपत्र दर्ता गराउनु भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र –ख) मा स्वतन्त्र उम्मेदवारका रुपमा गणेश भण्डारीले मात्रै मनोनयनपत्र दर्ता गाराउनु भएको छ ।

photo20221009 bajhang

photo20221009bajhang1

अन्य

भिडियो