INSEC Online

📅 २०८३ जेष्ठ २१

मधेस प्रदेशमा प्रतिनिधि र प्रदेश सभा सदस्यको मनोनयन दर्ताका क्रममा आचार संहिता उल्लङ्घन

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको उम्मेदवार मनोनयन पत्र दर्ता असोज २३ गते मधेस प्रदेशका जिल्लाहरुमा शान्तिपूर्ण तबरले भएको छ ।

तर, मनोनयन दर्ता गराउन गएका राजनीतिक दल तथा दलका उम्मेद्वाहरुले निर्वाचन आचार संहिता विपिरित बालबालिकाको प्रयोग, सयौँको संख्यामा र्‍याली, डिजे बचा बजाउने तथा नाच गान गर्ने र तोकिएको भन्दा बढी सवारी साधान प्रयोग गरेको पाइएको छ ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीतर्फ शान्तिपूर्ण तरिकाले उम्मेदवारहरुले उत्साहवद्र्धक रुपमा मनोनयन पत्र दर्ता गराएका छन् ।

जिल्लामा चार प्रतिनिधि सभा सदस्य र प्रदेश सभातर्फ आठ ओटा क्षेत्र रहेका छन् । विहान १० बजेदेखि बेलुका ५ बजेसम्म क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका हुन् ।

दलहरुले मनोनयन पत्र दर्ताको क्रममा निर्वाचन आचारसंहिता विपरित हजारौंको सङ्ख्यामा नेता कार्यकताहरुलाई भेला गरेका छन् । धनुषा क्षेत्र नं. ४ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार महेन्द्र यादव, नेपाली काँग्रेसका प्रदेश सभा (क) का उम्मेदवार शेषनारायण यादव, धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभाका उम्मेदवार नेकपा एमालेका उम्मेदवार रघुविर महासेठ, प्रदेश सभाका उम्मेदवार हरिनारायण महतो, नेकपा एकिकृत समाजवादीका उम्मेदवार शत्रुधन महतोलगायतका उम्मेदवारहरुले हजारौँको सङ्ख्यामा नेता, कार्यकता, दर्जनौको सङ्ख्यामा गाडी, डिजेबाजा, पार्टीको झण्डा र ब्यानरसहित मनोनयन पत्र दर्ता गराउन निर्वाचन क्षेत्रीय कार्यालय पुगेका थिए ।

प्रत्यासी उम्मेदवारहरु हजारौँ नेता, कार्यकर्ता र समर्थक जम्मा गरेपनि निर्वाचन कार्यालय भित्रमा उम्मेदवार र उम्मेदवारका समर्थक र प्रस्तावकहरुलाई मात्रै प्रवेश गर्न दिएका थिए ।

अन्य कार्यकता, समर्थकहरुलाई निर्वाचन कार्यालय भन्दा ५ सय मिटर पर नै सुरक्षाकर्मीहरुले भिडलाई नियन्त्रणमा लिदै निर्वाचन कार्यालयसम्म पुग्न रोकेका थिए ।

धनुषाको क्षेत्रीय निर्वाचन कार्यालयहरुमा ब्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरेले बताउनु भयो । उहाँले चार वटै क्षेत्रीय निर्वाचन कार्यालयमा शान्तिपूर्ण तरिकाले उम्मेदवारहरुले उत्साहजनक रुपमा मनोनयन पत्र दर्ता गराएको बताउनु भयो ।

धनुषाको क्षेत्र नं. ४ स्थित निर्वाचन कार्यालयको भित्रमा उम्मेदवारहरुले उम्मेदवार हुने प्रयोजनका लागि फर्म भर्नुपर्ने हुँदा त्यहाँ टेवुल र कुर्सी अभावमा उम्मेदवारहरुले भुईमै बसेर फर्म भर्नुपर्ने बाध्यता रहेको थियो ।

Dhanusha photo 1 (2)

Dhanusha photo 1 (3)

Dhanusha photo kangresh 01

Dhanusha photos nirwachan jasapa1

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि जिल्लामा मुख्य रुपमा नेपाली काँग्रेस नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको गठबन्धन र एमाले नेतृत्वमा जसपा र राप्रपा गठबन्धन दलका नेताहरुले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् ।

मनोनयन दर्ताको क्रममा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले निर्वाचन आचार संहिता विपरित झण्डाको प्रयोग गरेको पाइएको छ । दलहरूले निर्वाचन अधिकृतको कार्यालयमा जानुअघि बाजागाजा सहित जुलुस निकालेर बजार परिक्रमा गरेका थिए ।

निर्वाचनका लागि दलहरूबाट आ–आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ । विशेष गरी सत्ता गठबन्धन दल र एमालेले बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालयमा पुुगेर उम्मेदवारी दर्ता गरेका थिए ।

मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुुसार जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा दलका तर्फबाट मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको बताउनु भयो ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको मङ्सिर ४ गते हुने निर्वाचनको लागि जिल्लाको क्षेत्र नं. १ को लालबन्दी नगरपालिकामा, क्षेत्र नं. २ को मलंगवा नगरपालिकामा, क्षेत्र नं. ३ को हरिवन नगरपालिकामा र क्षेत्र नं. ४ को गोडैता नगरपालिकामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको लागि उमेदवारी दर्ता गराउने व्यवस्था गरिएको जिल्ला निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत शम्भु प्रसााद बरालले जानकारी दिनु भयो ।

मुख्य निर्वाचन अधिकृत प्रियांका अनुसार जिल्ला भित्रमा चार वटै प्रतिनिधि सभा सदस्य र आठ ओटा प्रदेश सभा सदस्यसहित सबै उम्मेदवारले आज आ–आफ्नो क्षेत्रमा तोकेको स्थानमा मनोनयन दर्ता गराएको छ ।

चार वटै प्रतिनिधि सभा र आठ ओटै प्रदेश सभा सदस्यको उमेदवारी दिएको प्रतिनिधि सभाका लागि गठबन्धनको तर्फबाट दुई जना प्रतिनिधि सभा, नेकपा एमालेको तर्फबाट दुई जना सजपाको तर्फबाट दुई जना, लोसपाको तर्फबाट तीन जना गरी जम्मा नौ जना तथा गठबन्धनको तर्फबाट आठ जना, नेकपा एमालेको तर्फबाट चार जना, जसपाको तर्फबाट चार जना लोसपाको तर्फबाट तीन जना गरि १९ जना प्रदेश सभाका लागी मनोनयन दर्ता गरेको र चार ओटै क्षेत्रमा शान्तिपुर्ण तरिकाले मनोनयन दर्ता भएको निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले बताउनु भयो ।

निर्वाचन आचार संहियता अनुसार २५ जना सहभागी लिएर मनोनयन गर्दा गर्नुपर्नेमा सोको उल्लङ्घन गरी गठबन्धनले सयौँकोे सहभागी तथा बालबालिकालाई र्‍याली तथा जुलुसमा निकालिएको थियो । लोसपा, नेपाली काँग्रेसका प्रतिनिधि समेतले २५ जना भन्दा बढी सङ्ख्यामा र्‍याली तथा जुलुस छुट्टाछुट्टै निकालेर मनानयन दर्ता गराएको थियो ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ताको प्रक्रियामा सबै दलहरुले आचार संहिता उल्लङ्घन गरेका छन् ।

रौतहट क्षेत्र नं ४ मा मनोनयन दर्ता प्रक्रियामा अन्य दलको तुलनामा आचारसंहिता उल्लङ्घन गर्नेमा सबै भन्दा बढी नेपाली काँग्रेस र एकीकृत समाजवादी गठबन्धनका दल देखिएका हुन् । बालबालिका प्रयोग, आर्केस्टा नाच, करिब ३५ भन्दा बढी चार पाङ्ग्रे गाडी प्रयोग गरिएको थियो ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पाटीले पनि बालबालिकाको प्रयोग गरेको पाइएको थियो । त्यसैगरी नेकपा एमालेले पनि बालबालिकाको प्रयोग गरी सबै दलहरुले निर्वाचन आयोगको आचारसंहिता विपरित कार्य गरेको देखियो । मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण तरिकाले भइरहेको रौतहट क्षेत्र नं ४ का निर्वाचन अधिकृत गुणराज पराजुलीले बताउनु भयो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल साहका अनुसार जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको र शान्तिपूर्ण तरिकाले भएको बताउनु भयो ।

Rautahat photo 1

Rautahat photo 2jpg

Rautahat photo

बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार जिल्लाको क्षेत्र नम्बर ४ लगायत सबै निर्वाचन कार्यालयमा उम्मेदवारहरुको मनोनयन दर्ता शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।

बारा क्षेत्र नं ४ का लागि जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले आफ्न प्रस्तावक र समर्थक सहित मनोनयन पत्र दर्ता गराएका थिए ।

गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि एकीकृत समाजवादीका तर्फबाट पूर्व श्रम मन्त्रि किसान श्रेष्ठ, प्रदेश सभा सदस्य “क” का लागि माओवादीबाट क्षेत्रबहादुर श्रेष्ठ अनिल र प्रदेशसभा सदस्य “ख” का लागि लोसपाका जीतेन्द्र सोनलले मनोनयन दर्ता गराउँदा १ सय ५० जन भन्दा बढिको जुलुस तथा र्‍याली लिएर गएको थियो । यस विषयमा कुरा गर्दा सूचना संकलन र सचेत गराउने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज कुमार चौधरीले बताउनु भयो ।

पर्सा जिल्ला प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार प्रतिनिधि र प्रदेश सभा सदस्य मनोनयन दर्ता कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

मनोनयन दर्ताका क्रममा काँग्रेस सहित पाँच दलीय गठबन्धन तथा जसपा र एमाले गठबन्धनले निर्वाचन आचार संहिता विपरित झण्डा, सवारी साधन र र्‍याली प्रर्दशन गरेका छन् । जसपाले आफ्नो निर्वाचन चिन्ह अंकित ठूला ठुला छाता समेत प्रयोग गरी प्रर्दशन गरेको देखियो ।

Parsa photo 1

Parsa photo

Parsa

सप्तरी प्रतिनिधि मनोहर पोखरेलका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि जिल्लामा आचारसंहीता उल्लङ्घन गर्दै दलहरुले मनोनयन दर्ता गरेका छन् ।

शान्तिपूर्ण वातावरणमा उत्साहजनक रुपमा मनोनयन दर्ता सम्पन्न भए पनि निर्वाचनका लागि जारी भएको आचारसंहिता उल्लङ्घन भएको सञ्चारकर्मीहरुले बताएका छन् ।

राजनीतिक दलहरुले सर्वदलीय/सर्वपक्षीय बैठकमा प्रतिबद्धता जनाए पनि उम्मेदवारी दर्तामा आचारसंहिता उल्लङ्घन भएको पत्रकार दिनानाथ यादवले बताउनु भयो ।

यादवका अनुसार अधिकाँश राजनीतिक दल र उम्मेदवारले मनोनयन गर्न जाँदा २५ जना भन्दा बढीको सहभागिता र बाजागाजासहित जुलुस परिक्रमा गरेको पाइएको छ ।

जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य २०७९ का लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १ सय ९० बढीले मनोनयन दर्ता गराएका छन् । हालसम्म कम्प्युटरमा सामेल भएकोमा क्षेत्र १ मा २०, क्षेत्र २ मा १६, क्षेत्र ३ मा २० र क्षेत्र ४ मा १६ जनाले प्रतिनिधि सभा सदस्यमा मनोनयन गरेका छन् ।

यसैगरी क्षेत्र १ को क मा ११, ख मा ११, क्षेत्र २ को क मा १७, ख मा १४, क्षेत्र ३ को क मा २०, ख मा १२ तथा क्षेत्र ४ को क मा १४ र ख मा १२ जनाको मनोनयन दर्ता भएको छ । कम्प्युटरमा सामेल गर्ने प्रकृया अन्तिम पटक रुजु भइरहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनु भयो ।

महिला उम्मेदवारको सङ्ख्या ८ प्रतिशत रहेको तर स्वतन्त्र उम्मेदवारको सङ्ख्या ठूलो रहेको निर्वाचन कार्यालयले जनाएको छ । स्वतन्त्रबाट ३७ प्रतिशतभन्दा बढी उम्मेदवार उठेका छन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै १२ उम्मेदवार उठाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र जनमत पार्टीले ११÷११ जना उम्मेदवार उठाएका छन् ।

सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यका लागि जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत)ले मनोनयन दर्ता गरेका छन् । जयप्रकाश ठाकुरले पाँचदलीय गठबन्धनको लोसपा नेपालबाट उम्मेदवारी दिएका छन् ।

सप्तरी २ मा चार स्वतन्त्र उम्मेदवारसहित १६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जानकारी दिएको छ ।
यसैगरी सप्तरीको १ बाट नेपाली काँग्रेसका रामदेव साह तेली, जनता समाजवादी पार्टीबाट नवलकिशोर साह सुडी, स्वतन्त्रबाट डा. रोहितकुमार पोखरेलसहित १९ जनाको मनोनयन परेको छ ।

सप्तरीको ३ बाट नेकपा (एमाले) का ताराकान्त चौधरी, काँग्रेसका दिनेश यादव, जनमत पार्टीबाट अनिस अनसारीसहित १३ जनाको उम्मेदवारी परेको छ ।

सप्तरीको ४ बाट कांग्रेसबाट तेजुलाल चौधरी, जसपाबाट बालकिशोर यादव, बहुजन शक्ति पार्टीबाट विश्वेन्द्र पासवासहित १७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

f

f

अन्य

भिडियो