INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा नमस्तेको टावर तोडफोड

चंखेली गाउँपालिका–६ को मासिधारास्थित नमस्तेको टावर अज्ञात पक्षद्वारा तोडफोड गरेका छन् ।

गाउँपालिकाको मासिधारमा रहेको नमस्तेको टावरलाई असोज १० गते तोडफोड गरेको भन्दै गाउँपालिकाको कार्यालयले घटनामा संलग्न व्यक्तिको खोजी कार्यको मागगर्दै असोज १२ गते मेल्छाम प्रहरी चौकीलाई उजुरी गरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भयो ।

टावर तोडफोड गर्दा चंखेली गाउँपालिकाका ६ हजार ६ सय स्थानीय सेवाग्राही उक्त सेवाबाट बञ्चित भएको स्थानीय रविन्द्र देवकोटाले बताउनु भएको छ । घटनामा संलग्नको खोजी भइरहेको मेल्छाम प्रहरी चौकीका हवल्दार इश्वर बुढाथोकीले जानकारी दिनु भयो ।

अध्यक्ष शाहीका अनुसार नेपाल टेलिकमको केन्द्रिय कार्यालयले पूर्ण रूपमा टावरको सुरक्षाको प्रत्याभुति नभएसम्म मर्मत कार्य नगर्ने जानकारी दिएकाले गाउँपालिकाको तर्फबाट प्रतिवद्वता–पत्र समेत टेलिकमलाई लेखेर बुझाएको छ ।

तर नेपाल टेलिकमका निमित्त कार्यालय प्रमुख रिन्जीन आंग्मु लामाले हालसम्म प्रहरी मुचुल्का प्रमाणित गरी नल्याएका कारण उक्त मर्मत कार्यलाई अगाडी बढाउन नसकिएको प्रतिक्रिया दिनु भयो ।

अन्य

भिडियो