अपाङ्गता भएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–३ का ५६ वर्षीय शरणबहादुर राईलाई असोज १० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १० गते इलाका प्रहरी कार्यालय लेटाङमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।
दुवै गोडा नचल्ने पीडितलाई आरोपितले बोकेर लेटाङ नगरपालिका–९ स्थित एक टहरोमा लगि बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिएसपी श्रेष्ठले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा असोज १० गते गरिएको छ ।