INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको कसुरमा चार महिना कैद सजायको फैसला

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १२ वर्षीय बालकलाई जिल्ला अदालत चितवनले चार महिना कैद सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायधीश रितेन्द्र थापाको इजलासले असोज ६ गते बालकलाई चार महिना कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी ईश्वर आचार्यले बताउनुभयो ।

पीडित बालिकालाई ०७८ साउन १९ गते बलात्कार गरेको भनी पीडितका आफन्तले बालकविरुद्ध साउन २१ गते जिल्ला प्रहरीमा उजुरी दिएका थिए ।

बालकलाई साउन २१ गते भरतपुरबाट गिरफतार भएकोमा ०७८ भदौ ४ गतेको आदेशले अभिभावकको जिम्मा छाडिएको थियो ।

अन्य

भिडियो