१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१२ का ५० वर्षीय नन्दलाल कवरलाई असोज ४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई हारोपितले ०७८ माघ २७ गते बलात्कार गरेको र बलात्काबाट रहेको गर्भबाट ०७९ भदौ २५ गते बच्चा जन्मिएको भन्दै पीडित पक्षले असोज ३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ३ गते राप्ती प्रादेशिक अस्पतालमा गरिएको छ भने शिशुलाई जन्मिदै जण्डिस भएकाले राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको पीडित पक्षले बताएका छन् ।