१९ र २० वर्षीया युवतीलाई जागिरको प्रलोभन देखाएर भारत लैजादै गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–२ लिदीका ३० वर्षीय नेत्र दोङ्गलाई भदौ ३१ गते बेलहिया नाकाबाट गिरफ्तार गरेको छ ।
पीडितहरूलाई आरोपितले भदौ ३० गते कुवेत लैजाने भन्दै भारत लैजादै गर्दा माइती नेपालको सहयोगमा पीडितहरूको उद्धार गरी आरोपित विरूद्ध भदौ ३१ गते मानव बेचविखन तथा ओसार पसार सम्बन्धी उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितहरूका अनुसार कुवेतमा राम्रो काम भएकाले जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो लैजाने क्रममा उद्धार गरिएको हो ।
पीडितहरूको स्वास्थ्य परीक्षण भदौ ३० गते भीम अस्पताल भैरहवा गरिएको छ ।