INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भरतपुर महानगरपालिका–१ का वर्षीय २६ धनबहादुर चेपाङलाई १२ वर्ष कैद सजाय तोकेको छ ।

अदालतका श्रेष्तेदार इश्वर आचार्यका अनुसार न्यायधीश रितेन्द्र थापाको ०७९ भदौ ३० गतेको इजलासले उक्त सजाय सुनाएको हो ।

पीडित बालिकालाई ०७८ चैत २४ गते बलात्कार गरेको भन्दै बालिकाको आमाले चैत २५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो ।

बालिकाको भरतपुर अस्पतालमा चैत २५ गते स्वास्थ्य परीक्षण गरिएयो ।

चेपाङलाई प्रहरीले चैत २४ गते गिरफ्तार गरी जबरजस्ती करणीको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा न्यायाधीश अवनी मैनालीको वैशाख २२ गतेको इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

अन्य

भिडियो