INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले सिराहा नपा–६ का ३० वर्षीय विशेस्वर मुखिया विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ २८ गते उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले भदौ २५ गते बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिराहामा भदौ २८ गते गरिएको छ ।

आरोपित मुखिया घटनापछि ‘फरार’ रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीले बताउनु भयो ।

अन्य

भिडियो