२९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका–३ मिलनडाँडाका ३९ वर्षीय राजाराम सुनारलाई प्रहरीले ०७९ भदौ २७ गिरफ्तार गरेको छ ।
अपाङ्गता भएकी पीडित महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा ललाई फकाई ०७९ भदौ २५ गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले ०७९ भदौ २६ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।
आरोपितलाई भदौ २७ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी सुधिरराज शाहीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २७ गते नै पाटन अस्पताल गरियो ।