INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

१९ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित सुनसरीको दुहबी नगरपालिका–९ का २१ वर्षीय गुड्डु भनिने सज्जाद मियाँविरुद्धको मुद्दा जिल्ला अदालतले भदौ २३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले उक्त मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको हो ।

पीडित महिलालाई आरोपितले ०७६ फागुन ११ गते कञ्चनरुप नगरपालिका–६ मा डर, त्रास देखाई नियन्त्रणमा लिएर बलात्कार गरेको भन्दै पीडितले ०७६ फागुन १८ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी गरेकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण ०७६ फागुन १९ गते गजेन्द्रनारायण सिंह अस्पतालमा गरी सोही दिन इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरेको थियो ।

‘फरार’ रहेका आरोपितविरुद्ध वारेण्टसहितको म्यादी पुर्जी जारी भएपनि आरोपित हाजिर वा गिरफ्तारीमा नपरेपछि ०७७ फागुन ५ गते अदालतमा अभियोजन पत्र दायर गरिएको थियो ।

अन्य

भिडियो