INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लहान नगरपालिकाका उपप्रमुख ३८ वर्षीय रामचलितर महतोलाई इलाका प्रहरी कार्यालय लहानले भदौ २४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ १९ गते जागिर लगाइदिने प्रलोभनमा आफ्नो गोप्या कक्षमा लगी बलात्कार प्रयास गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय लहानमा साउन ५ गते उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वस्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा साउन ५ गते गरिएको थियो ।

आरोपित महतो इलाका प्रहरी कार्यालय लहानमा आफैँ उपस्थित भएपछि गिरफ्तार गरिएको र अदालत खुलेपछि म्याद थप गर्ने जिल्ला प्रहरी कार्यालयका एसपी अर्जुनप्रसाद तिमल्सिनाले बताउनु भयो ।

आरोपित महतोले भदौ २४ गते पत्रकार सम्मलेन गरेर उपचार र धार्मिक भ्रमणमा रहेको र आउने बित्तिकै घटनाबारे थाहा पाएको बताउनु भयो । आफू निर्दोष रहेको र फसाउने षडयन्त्र भएको उहाँको आरोप छ ।

अन्य

भिडियो