१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–१ जनकपुरका १८ वर्षीय हिमाल सापकोटा, २१ वर्षीय यशु सापकोटा र घोडाघोडी नगरपालिका–२ साडेपानीका १८ वर्षीय बसन्त विष्ट र घटनामा सहयोग गरेको आरोपमा घोडाघोसडी नगरपालिका–१ जनकपुरकी १७ वर्षीया बालिकालाई भदौ २३ गते गिरफ्तार गरेको छ ।
१७ वर्षीया केटी साथीले भदौ २१ गते साँझ साथीहरुलाई भेटन जाउँ भनेर यशु सापकोटाको घरमा लगेपछि सापकोटाको घरमा भेला भएर बसेका चार जना केटाहरुले सामुहिक बलात्कार गरेकोले उनीहरु विरुद्ध भदौ २३ गते इलाका प्रहरी कार्यालय, सुख्डमा उजुरी दिएको पीडित बालिकाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितहरुलाई गिरफ्तार गरेर भदौ २४ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सुख्डका डिएसपी लक्ष्मण शाहीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
घटनाका आरोपित घोडाघोडी नगरपालिका–१ जनकपुरका १८ वर्षीय नविन कुँवर फरार रहेकाले खोजी कार्य भइरहेको डिएसपी शाहीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।