INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–११ का ३६ वर्षीय सुरज विश्वकर्मालाई भदौ २२ गते घरबाटै गिरफ्तार गरेको छ ।

पीडितलाइ आरोपितले  भदौ २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले  सोही दिन  इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भयो ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।

आफू  घरमा बसिरहेको अवस्थामा आरोपित आएर अश्लील व्यवहार गर्दै बलात्कारको प्रयास गरेकोले न्यायकालागि प्रहरीमा उजुरी दिएको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २२ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो