१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुढानिलकन्ठ नगरपालिका–७ बस्दै आएका २३ वर्षीय सन्दिप लामिछानेविरुद्ध पीडित पक्षले प्रहरी वृत्त गौशालामा ०७९ भदौ २१ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई भदौ ५ गते राति काठमाडौँको पिङ्लास्थानस्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
समजिल्क सञ्जालबाट चिनजान भएकी पीडित बालिकालाई भदौ ५ गते आरोपित लामिछानेले काठमाडौँस्थित एक होस्टलबाट नगरकोट घुमाउन लागेको र फर्कंदा राति भएको भन्दै होटलमा लगेर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
आरोपित लामिछाने नेपाली रास्ट्रिय क्रिकेट टोलिका कप्तान समेत हुन् ।
आरोपित हाल देशबाहिर रहेको र पीडित पक्षले दिएको उजुरीका अधारमा प्रारम्भिक अनुसन्धान अगाडि बढाएको एसपी मैनालीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २१ गते थापाथलीस्थित प्रसुति गृहमा गरिएको छ ।