INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार आयोगसम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला काठमाडौँमा शुरु

इन्सेक, फोरम एशिया र आनीले संयुक्त रूपमा आयोजना गरेको मानव अधिकार आयोगसम्बन्धमा नागरिक समाजको परामर्शसम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला भदौ २१ गते काठमाडौँमा शुरू भएको छ ।

कार्यशालामा आफ्नो मन्तव्य राख्दै इन्सेकका अध्यक्ष डा. इन्दिरा श्रेष्ठले राष्ट्रिय मानव अधिकार संयन्त्रले संविधान र कानुनअनुसार सही भूमिका निर्वाह गर्न सके मानव अधिकारको संवर्द्धन र संरक्षणमा योगदान पुग्ने बताउनु भयो ।

उहाँले नेपालका नागरिक संस्थाले जातीय विभेद, महिलामाथि हुने हिंसा तथा कुरीतिजन्य प्रथाविरुद्ध महत्वपूर्ण कार्य गरेको स्मरण गर्दै यी संस्थाको अभिभावक भएकाले पनि मानव अधिकार आयोगले अझ प्रभावकारी सकृयता रहेको बताउनु भयो । दुई दिने छलफलले मानव अधिकार संस्थाको सवलीकरणका लागि सुझाव दिने अपेक्षा डा. श्रेष्ठले राख्नु भयो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै फोरम एशियाकी प्रतिनिधि सोमिरा सन्यालले एशियाका मानव अधिकार आयोगहरूको भूमिका र यिनीहरूले मानव अधिकारको संरक्षण र प्रवर्धन गर्न खेलको भूमिकका बारेमा आनीले सन् २००६ देखि प्रतिवेदन प्रकाशन गर्दै आएको सन्दर्भमा प्रतिवेदनलाई प्रभावकारी बनाउन एशियाका विभिन्न देशमा यस्ता कार्यशाला गरिँदै आएको बताउनु भयो ।

दुई दिनसम्म विभिन्न विषयमा हुने छलफलले मानव अधिकार आयोगको क्षमता अभिवृद्धि गर्न सुझाव दिन महत्वपूर्ण हुने सन्यालले बताउनु भयो ।

कार्यशालामा राष्ट्रिय मानव अधिकार आयोगमा सचिव मुरारी खरेलले मानव अधिकार आयोगको उजुरी, अनुसन्धान र सिफारिसको अवस्था, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले मानव अधिकार उल्लङ्घनको अनुसन्धान र उजुरी गर्न नागरिक समाजको भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु हुनेछ ।

मानव अधिकार आयोगकी सदस्य लिली थापाले पीडितको न्यायमा पहुँचका लागि मानव अधिकार आयोग र नागरिक समाज संस्थाको भूमिका र इन्सेकका संस्थापक अध्यक्ष तथा आनीका सल्लाहकार सुशील प्याकुरेलले राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनका लागि नागरिक समाजको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु हुनेछ ।

कार्यशालामा मानव अधिकार आयोग तथा अन्य विषयगत आयोगका प्रतिनिधि र नागरिक संस्थाका प्रतिनिधि गरी ३० जनाको सहभागिता रहेको छ ।

photo20220906kathmandu (1)

photo20220906kathmandu (2)

photo20220906kathmandu (3)

photo20220906kathmandu (4)

अन्य

भिडियो