चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–२ का ६९ वर्षीय बिर्जलाल कोइरीलाई भदौ १९ गते घरबाट गिरफ्तार गरेकाे छ ।
पीडितलाई आरोपितले भदौ १० गते खेल्दै गरेको अवस्थामा घरमा लगेर यौन दुर्व्यहार गरेको भन्दै पीडितकी आमाले भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
छोरी घरमै खेलीरहेको बेला आरोपितले प्रलोभन देखाएर यौन दुर्व्यवहार गरेको पीडितकी आमाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ११ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।
यसैगरी, १६ वर्षीया बालिकालाई बलतकार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई भदौ १९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर भदौ १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितका अनुसार आरोपितले आफूलाई डर धम्की दिएर भैरहवाको होटल कर्णमा लगेर बलात्कार गरेका थिए । ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १९ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।