INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन गरेको आरोपमा मेलम्ची नगरपालिका–७ दुवाचौर छापका ६६ वर्षीय खम्बे भन्ने जीतबहादुर तामाङलाई प्रहरीले ०७९ भदौ १९ गते स्थानीय भट्ट्टारबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई तामाङले ०४३ सालमा भारतमा पुर्‍याई बिक्रि गरेको आरोप लागेको थियो । आरोपित तामाङलाई जिल्ला अदालत सिन्धुपाल्चोकको ०४५ चैत २९ गतेको इजलासले ९ वर्ष २ महिना ८ दिनको जेल सजाय हुने फैसला सुनाएको थियो ।

घटनाको उजुरीपछि फरार भएका तामाङ्लाई अदालतको फैसला कार्यान्वयन नगरी लुकिछिपी बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरी भदौ १९ गते नै जिल्ला अदालत पेश गरेकोमा अदालतले जेल चलान गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।

अन्य

भिडियो