INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले बढैयाताल गाउँपालिका३ का ५५ वर्षीय लल्लन अहिर यादव विरूद्ध भदौ १७ गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले पछिल्लो पटक भदौ १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मतबहादुर बोहराले बताउनु भयो । आरोपित बढैयाताल गाउँपालिका ३ का निर्वाचित वडा अध्यक्ष पनि हुन् ।

पीडित पक्षले दिएको उजुरीका अधारमा अनुसन्धान अगाडि बढाएको र आरोपित फरार रहेकाले गिरफ्तार गर्न प्रहरी परिचालन गरिएको डिएसपी बोहराले बताउनु भयो ।

पीडितलाई माइती नेपाल गुलरिया सङ्रक्षणमा राखिएको छ । आफ्नो पेटमा आरोपितको पाँच महिनाको गर्भसमेत रहेको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १७ गते बर्दिया अस्पतालमा गरिएको छ  ।

अन्य

भिडियो