१८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१४ का २९ वर्षीय सन्तोष मण्डललाई भदौ १७ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई भदौ १६ गते सामूहिक बलात्कार घटनाका आरोपितमध्ये मण्डललाई विराटनगर महानगरपालिका–१४ जतुवाबाट अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।
घटनामा संलग्न अन्य चार जना फरार भएको र उनीहरूको विवरण गोप्य राखि खोजी थालिएको डिएसपी श्रेष्ठले बताउनु भयो ।
घटनामा संलग्नहरूले मादक पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नहरूविरूद्ध पीडित पक्षले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण कोसी अस्पतालमा भदौ १७ गते गरिएको छ ।