INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कारका घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका–७ का २४ वर्षीय डोमा भनिने राहुल साह र सोही ठाँउका २८ वर्षीय सञ्जय सोरेनलाई भदौ १७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले भदौ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि भदौ १७ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।

आरोपितद्वयले भदौ १६ गते पत्नीलाई काम छ भनि बोलाएर झुक्यानमा पारेर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दिएको पीडितका पतिले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कोसी अस्पतालमा भदौ १७ गते गरिएको छ ।

अन्य

भिडियो