INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका कसुरदार गिरफ्तार

१६ वर्षीया बालिकालाई ०७५ वैशाख १४ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालतद्वारा कैद सजाय तोकिएका ‘फरार’ कसुरदार वीरगंज महानगरपालिका–१६ नगवाका २६ वर्षीय अनिलप्रसाद चौरसियालाई वडा प्रहरी कार्यालय बिर्ताले भदौ १५ गते गिरफ्तार गरेको छ ।

बलात्कार मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले ०७५ पुस १२ गते चौरसियालाई ६ वर्ष कैद र ३० हजार रुपियाँ जरिबाना तोकेको थियो ।

विशेष सुचनाको आधारमा चौरसियालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिनु भयो ।

अदालतको फैसला कार्यान्वयनका लागि ‘फरार’ व्यक्तिलाई गिरफ्तार गरी भदौ १५ गते नै अदालतमा बुझाइएको र अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको वडा प्रहरी कार्यालय बिर्ताका इन्स्पेक्टर विशाल मल्लले जानकारी दिनु भयो ।

पीडित पक्षले ०७५ वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन वीरगंजको नारायणी अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो