१२ वर्षीया बालिकालाई ०७८ वैशाख १२ गते यौन दर्व्यवहार गरेको कसुरमा फलेवास नगरपालिका–२ लिमिठानाका २२ वर्षीय अनिल भण्डारीलाई जिल्ला अदालतले तीन महिना कैद सजाय र १० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको भदौ १४ गतेको फैसलाले भण्डारीलाई उक्त सजाय सुनाएको पर्वत जिल्ला अदालतका श्रेष्तेदार राजु ढुङ्गानाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।
भण्डारीलाई ०७८ जेठ ११ गते तत्कालिन जिल्ला न्यायाधीश बलराम त्रिपाठीको इजलासले ५० हजार रुपियाँ धरौटीमा छुटाउने आदेश दिएको थियो ।