धुनिबेसि नगरपालिका-१ स्थित बन्चरेडाँडामा फोहर फाल्ने विषयमा ०७९ भदौ १ गते प्रहरी र प्रदर्शनकारीबीच झडपपछि एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
बन्चरेडाँडा बासीको बिरोधका बाबजुद काठमाडौँको फोहोर जबर्जस्ती फाल्न लागेपछि झडप भएको थियो ।
झडपका क्रममा धुनिबेसि नगरपालिका-१ का ३० वर्षीय दिपेश काकर्किलाई प्रहरीले गिरफ्तार गरेको वडा अध्यक्ष मानबहादुर तामाङले बताउनुभयो ।
स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर काठमाडौँको फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो ।
जबरजस्ती फोहोर लगेर फाल्ने र स्थानीयको माग सम्बोधन गरेको आरोपमा दिनदिनै झडप हुँदै आएको छ ।
साउन ३१ गते प्रहरीले अस्रुग्यास प्रहारबाट धुनिबेंसी नगरपालिका –१ चिलाउने गाउँका २६ वर्षीय कमल तामाङ घाइते हुनुभएको थियो ।
घाइते तामाङको मनमोहन अस्पतालमा उपचार भईरहेको छ ।