INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शहिदनगर नगरपालिका–३ का २२ वर्षीय आकाश मण्डलविरुद्ध इलाका प्रहरी कार्यालय यदुकोहामा पीडितले दिएको उजुरी साउन २३ गते दर्ता गरिएको छ ।

पीडित बालिकालाई आरोपित मण्डलले साउन २० गते बलात्कार गरेको पीडित बालिकाको आरोप छ ।

पीडित बालिकाले इलाका प्रहरी कार्यालय यदुकोहामा साउन २१ गते आरोपितविरुद्ध उजुरी दिएको इलाका प्रहरी कार्यालय यदुकोहाका इन्स्पेक्टर हरिविष्णु ढकालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २१ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।

घटनापछि आरोपित ‘फरार’ रहेकाले खोजी कार्य भइरहेको इन्स्पेक्टर ढकालले बताउनु भयो ।

अन्य

भिडियो