१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले खोटेहाङ गाउँपालिका–३ काहुलेका २२ वर्षीय दिवाहाङ भनिने देव वान्तवा राईविरूद्ध साउन १० गते प्रहरीमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको र अन्तिम पटक साउन १० गते यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाकी भाउजुले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
आरोपितविरूद्ध प्रहरीमा उजुरी आए लगत्तै आरोपित फरार भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोमनराज अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १० गते गरिएको छ ।