कञ्चन गाँउपालिका–१ डेलरकी ३१ वर्षीया सावित्री थापा क्षेत्रीको हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति ३५ वर्षीय यमबहादुर थापालाई साउन १२ गते गिरफ्तार गरेको छ ।
पत्नीलाई आरोपितले आफूलाई जानकारी नदिई १ हजार रूपियाँ खल्तीबाट निकालेको निहुँमा साउन ११ गते कुटपिट गर्दा मृत्यु भएको मृतककी बहिनी रबिना क्षेत्रीले बताउनु भयो ।
पत्नीलाई आरोपितले कपालमा समातरेर खाटको खुट्टा र भित्तामा टाउको ठोकाएर हत्या गरेको भन्दै रबिनाले साउन १२ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएको इन्सपेक्टर जगन्नाथ मरासिनीले बताउनु भयो ।
इन्सपेक्टर मरासिनीले मृतकको टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरू र कोठामा रगतका छिटाहरू देखिएको र शरीरका विभिन्न भागमा निलडामहरू समेत देखिएको बताउनु भयो ।
श्वको पोष्टमार्टम साउन १२ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरी परिवारलाई बुझाइएको छ ।