१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर नपा–१२ का २४ वर्षीय भवि भनिने भगवान वलेली मगरलाई प्रहरीले ०७९ साउन ११ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई ०७९ जेठ ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा साउन १० गते जाहेरी दिएको डीएसपी सुरज कार्कीले बताउनु भयो ।
घटनाका सम्बन्धमा कसैलाई बताए मार्ने धम्की दिएकाले बालिकाले ढिलो गरी आमालाई घटनाका विषयमा बताएको पीडितका आफन्तले जानकारी दिनु भएको छ ।
बालिका टोलाउने र विद्यालय जान नमान्नेपछि घरपरिवारले सोधपुछ गर्दा बालिकाले घटनाका विषयमा आमासँग बताएको कानुन व्यवसायी अधिवक्ता गिता कोइरालाले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण प्रदेश अस्पताल सुर्खेतमा साउन ११ गते भएको छ ।