INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६७ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नगरपालिका–६ का २९ वर्षीय बलबहादुर चौधरीलाई साउन १२ गते गिरफ्तार गरेको छ ।

 पीडितलाई आरोपितले साउन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ११ गते वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएका छन् ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रिजालले बताउनुभयो ।

यस अघि पनि आरोपितले पटक पटक बलात्कार गरेको र आफूले नचिनेका कारण उजुरी नदिएको र यस पटक आरोपितलाई चिने पछि उजुरी दिएको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ११ गते लमही अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो