INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाका आरोपित गिरफ्तार

दैलेख जिल्ला चामुण्डाविन्द्रसैनी नगरपालिका३ का २७ वर्षीय केशवकुमार विकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले  साउन १० गते ६ जनालाई गिरफ्तार गरेको छ ।

 साउन १० गते अपहरण गरी बन्धक बनाएको आरोपमा बबई गाउँपालिका४ का ३५ वर्षीय लिला बिक, ३५ वर्षीय नेवबहादुर घर्ती, तुलसीपुर उपमनपा७ का २६ बर्षीया निर्मला बिक, तुलसीपुर उपमनपा४ का २५ वर्षीय सुकलाल बिक, कपिलबस्तु जिल्ला  शिवराज नपा९ का २० वर्षीय मनोज थारु र गाडी चालक प्यूठान नपा७ घर भइ हाल तुलसीपुर उपमनपा६ का २४ वर्षीय जनक कुँवरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले गिरफ्तार गरेको छ ।

 निर्मलालाई प्रयोग गरेर साउन ९ गते बुटवल बोलाएको र त्यहाँबाट साउन १० गते दाङ आएपछि तुलसीपुर उपमनपा५ सल्यानरोडस्थित युवम होटलमा बन्धक बनाएर ७ लाख रूपियाँ फिरौती मागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

 ७ लाख नदिए जे पनि हुने भन्दै आरोपितहरू धम्की दिएपछि पीडितले दैलेखस्थित पत्नीलाई फोन गरेको र पीडितकी पत्नीले प्रहरीलाई खवर गरेपछि प्रहरीले आरोपितहरूलाई गिरफ्तार गरी थप अनुसन्धान थालिएको डिएसपी अर्यालले बताउनु भयो ।

अन्य

भिडियो