INSEC Online

📅 २०८३ जेष्ठ २१

लघुवित्त संस्थाका पीडितहरूको गुनासोः घरबारी बेच्दा पनि ऋण तिरेर सकिएन

लघुवित्त संस्थाहरूले बनाएको समूहमा बसेपछि गरिबहरूलाई फाइदा पुग्छ भनेर सुन्नेहरू मध्ये धेरै जना लघुवित्त संस्थाकै कारण घरबारी बेचेर सडकमा आइपुगेका छन् ।

सिद्धलेक गाउँपालिका–४ की चमेली मगरले लघुवित्त संस्थामा लिएको ऋण तिर्न दुई रोपनी १२ आना जग्गा बेच्नु भयो तर अझै ऋण चुक्ता भएन ।

मगरले आफ्नो बारी बेचेर ऋण तिर्दा पनि घरमा ताला लगाइदिन्छु भन्दै घलुवित्त संस्थाका व्यक्तिहरू आएर ज्यादती गरेपछि मर्नु कि बाँच्नु भएको बताउनुभयो ।

त्यपछि घरमा पैसा उठाउन आउने लघुवित्तका कर्मचारीसँग लुकेर हिडिरहनु परेको उहाँको गुनासो छ ।

मुक्तिनाथ, छिमेकी, साधना डिप्रोस, निर्धन, गणपति लगायतको लघुवित्तिको समूहमा पालैपालो बस्नु भएका चमेली मगरको जिन्दगी लघुवित्तमा बस्न थालेपछि तनावग्रस्त भएको बताउनु हुन्छ ।

लघुवित्तका कर्मचारी आएपछि लुकेर बस्नु परेको, घर छाडेर हिड्नु परेकोर आफूलाई भेटेको दिनमा ऋण तिर्न नसक्ने भए झुण्डिीएर मरे पनि हुन्छ भनेर यातना दिएकोले यस्ता लघुवित्तका कर्मचारी र लघुवित्त दुबैलाई कारबाही गर्नुपर्ने मगरको भनाइ छ ।

समूहका सदस्यले १ लाख रुपैयाँ ऋण लिनु प¥यो भयो भने सुरुमै ब्याज र किस्ता हिसाब गरेर रकम असुल्न सुरु हुन्छ ।

जसले ऋण लिन्छ उसले १ लाख ऋण लिँदा करिब ८० हजार रुपैयाँ मात्र पाउने गरेको छ ।

एक किस्ता रकम, बिमा, सेवा शुल्क आदी भनेर लिइने रकम धेरैे हुने गरेको छ ।

ब्याजदर समेत समूहमा छलफल गर्दा तोकिएभन्दा बढी लिने गरेको र गाउँमा नव सामन्तको रूपमा आएको लघुवित्त पीडितहरूको जिल्ला सङ्घर्ष समितिका अध्यक्ष सुशीला भट्टराई श्रेष्ठले बताउनुभयो ।

लघुवित्तबाट ऋण लिएपछि कहिल्यै तिर्न नसकिने र किस्ता तिर्नु पर्ने दिन पैसा दिन नसकेपछि आर्थिक, मानिसिक रूपमा यातना दिएको पीडित सुजिता गुरुङको गुनासो छ ।

किस्ता तिर्न नसकेकेर आफू बाहिर निस्केपछि कर्मचारीलाई राती खोलाखोलै खेदेको उहाँले दुखेसो गर्नुभयो ।

सिद्धलेक गाउँपालिका बुङचुङकी सीतादेवी शाहीको अवस्था पनि उस्तै छ । उहाँका छिमेकी, साधना अधिकारी पनि  लघुवित्तमा आवद्ध हुनुहुनछ । गाउँमा पुगेका सबै लघुवित्तका  उहाँहरू सदस्य हुनुभएको छ ।

ऋण लिएपछि पैसा तिर्दा तिर्दा, भैसी, बाख्रा विक्रि गरेर तिर्दा समेत नसकेपछि दुई रोपनी जग्गा बेचेर लघुवित्तमा ऋण तिरेको साधना अधिकारी ।

ऋण तिर्न नसकेपछि घरमा बस्न समेत नपाउने अवस्था आएपछि लघुवित्त पीडितहरूले ०७९ साउन १० गते सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबप्रसाद कोइराला मार्फत् जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

ऋण तिर्न नसकेको दिन ऋणीलाई डोरी दिएर मरे पनि हुन्छ भनेर मर्न उक्साउने गरेकोले महिलाहरू आत्महत्या गर्ने अवस्थामा पुगेको सङ्घर्ष समितिका राष्ट्रिय अध्यक्ष नानीराम ज्ञावाली बताउनुहुनछ ।

ज्वालामूखी गाउँपालिका मैदीका हिरा परियारलाई मिरमिरे लघुवित्तका कर्मचारीले यस्ता त बाँचेको भन्दा मरेको बेश भनेर भन्ने गरेको ज्ञावालीले बताउनुभयो ।

५० हजार रुपैयाँ ऋण लिएपछि कहिल्यै तिरेर नसकिने र आफूले गरेको बचत समेत फिर्ता नदिने गरेको बचतकर्ताको भनाई छ ।

नेत्रावती डबजोङ कटुन्जे सुनारगाउँका किसान विक.को घरमा डिप्रोस वित्तिय संस्थाले ताला लगाएको छ ।

गाइबस्तु बेचेरप नि ऋण चुक्ता नभएपछि घरबाहिर मानिस निकालेर तला लगाइएकोले परिवार नै बिस्थापित भएको सोही स्थानका लिला विकले बताउनुभयो ।

निलकण्ठ नगरपालिका–९ मा साइला श्रेष्ठ सहित दई परिवारको घरमा डिप्रोस लघुवित्तले ताला लगाएपछि परिवार विस्थापित भएको छ ।

समस्या नै समस्या भएकोले पीडितहरू माथिको ज्यादती बन्द गर्नु पर्ने, लघुवित्तको ऋण मिनाहा, बिना ब्याजको ऋण सरकारले दिनु पर्ने, यस किसिमका वित्तिय संस्थाहरू खारेज गर्नु पर्ने, आवस्यकता र क्षमताको आधारमा ऋण दिनु पर्ने भन्दै पीडितहरू एकजुट भएको जिल्ला सङ्घर्ष समितिका सुशीला भट्टराई श्रेष्ठले बताउनुभयो ।

राष्ट्रको नियम अनुसारएक जना व्यक्ति बढीमा दुई ओटा लघुवित्तमा मात्र बस्न पाउनेमा यहाँ ७÷८ ओटामा बसेर बिचल्ली भएको पाइएको सङ्घर्ष समितिले जनाएको छ ।

धादिङ जिल्लामा मात्र २० भन्दा बढी लघुवित्तले महिलाहरूमार्फत समूह बनाएर ऋण लगानी समेत गर्ने गरेको छ ।

हप्ते बैठक भनेर बैठक राखी बचत समेत सङ्कलन गर्ने लघुवित्तहरूले बचत पासबुक समेत नदिएको गुनासो उनिहरूको छ ।

कानुन विपरीत वित्तिय संस्थाहरूले कुनै काम गरेको उजुरी आए तत्काल कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले ज्ञापनपत्र बुझ्दै बताउनुभयो ।

m

m

m

अन्य

भिडियो