INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

कोहलपुर नगरपालिका –१४ पार्वतीपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी पत्नी २३ वर्षीया अञ्जली गडरियाको हत्या गरेको आरोपमा प्रहरीले साउन १० गते चार जनालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेहरूमा मृतकका दाजु २७ वर्षीय बिजय गडरिया, भाउजु रेखा गडरिया, नेपालगञ्ज उपमनपा–१८ का २६ वर्षीय सकि अलि शेख र नेपालगञ्ज उपमनपा–१९ का १९ वर्षीय राजन सोनकर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
घरमा सुतिरहेका कृष्ण र अञ्जलीलाई साउन ९ गते राती धारिलो हतियार प्रयोग गरी हत्या गरेको र साउन १० गते बिहान छिमेकीले  मृत अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए । अञ्जली तीन महिनाको गर्भवती रहेको स्थानीय अनिता पौडेलले बताउनु भयो ।
घटनाका विषयमा अनुसन्धान गर्न मृतकका दाजु भाउजुलाई इलाका प्रहरी कार्यालयले सोधपुछ गर्दा आफूहरूले नै हत्याको योजना बनाएको र हत्यामा अरू पनि सङ्लग्न रहेको बयान दिएपछि प्रहरीले आरोपितहरू गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बताउनु भयो ।
केही दिन अगाडी घरयासी विवादमा अञ्जलीले ससुरालाई उक्साएर बुवा र कृष्णले  बिजयलाई कुटपिट गरेको र विजयले बुहारी लाई मार्ने योजना बनाएर १ लाख रूपियाँ दिएर  भारतीय नागरिकलाई हत्या गर्न लगाएकाे अनुुुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुधन न्यौपानेले बताउनु भयो ।
शव पोष्टमार्टम साउन १० गते भेरी अस्पतालमा गरिएको छ । मृतकका आमा बुवा भारतमा भएकोले उनीहरू आएपछि मात्र शव बुझाइने प्रहरीले जनाएको छ ।

अन्य

भिडियो