१९ वर्षीषा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–९ संगमचोकका २१ वर्षीय जगन्नाथ मल्लाह र १७ वर्षीय बालकलाई साउन ८ गते सैनामैना नपा–७ देउवापारबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितद्वयले साउन ७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन ८ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएका थिए ।
आरोपितहरूले आफ्नो फोटो प्रयोग गरेर भेट्न नआए फोटोलाई सामाजिक सञ्जालमा भाइरल बनाइदिने भन्दै बोलाएर विभिन्न धम्की दिएको पीडितले बताउनु भयो ।
आफूले कहिल्यै नदेखेका व्यक्तिले व्यक्तिगत तस्वीरलाई सामाजिक सञ्जालमा भाइरल गरिदिने बोलाएर बलात्कार प्रयास गरेको र रोएर एकान्त ठाउँमा बसेको बेला इलाका प्रहरी कार्यालय सालझण्डीबाट गएको गस्ती टोलीले उद्धार गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
घटनाका विषयमा इलाका प्रहरी कार्यालयका इन्सपेक्टर जगन्नाथ मरासिनीले गस्तीमा जानेक्रममा एकान्त ठाउँमा युवती डराएर रोइरहेको अवस्थामा फेला पारी उद्दार गरी आरोपितद्धयलाई गिरफ्तार गरी कारबाही अगाडि बढाएको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।