INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबिवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई प्रलोभनमा पारी बालबिवाह गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय विक्कु रायलाई साउन ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई विराटनगर महानगरपालिका–१६ विक्कु रायको घरबाट साउन ८ गते प्रहरीले उद्दार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बालिकालाई आरोपितले साउन ६ गते विवाह गर्ने प्रलोभनमा आफ्नो घरमा लगेको र सोही दिन सिन्दुर पोते लगाएर दिएर लुकाएर राखेको बालिकाका दाजुले बताउनु भयो ।

बहिनीलाई घरमा कोही नभएको मौका पारी साउन ६ गते भगाएको थाहा पाएपछि सोही दिन आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित पक्षले जनाएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका घरबाटै गिरफ्तार गरेको र बालिकाको उद्दार गरेको प्रहरीको भनाइ छ ।

कक्षा ९ मा अध्ययनरत बालिकालाई आरोपितले घर लगेपछि परिवारका सदस्यले समेत बालिका लुकाउन भूमिका खेलेको प्रहरीको भनाइ छ ।

आरोपित बालिकाको घर नजिककै उद्योगमा काम गर्ने र फुर्सदको समयमा बालिकाको घरमा आउजाउ गर्ने गरेको प्रारम्भिक वयानका क्रममा खुलेको डिएसपी दीपक श्रेष्ठको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन ८ गते गरिएको छ ।

अन्य

भिडियो