१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–१३ नयाँगाउँका १९ वर्षीय रेशम परियारलाई साउन ६ गते गिरफ्तार गरेको छ ।
पीडितले आरोपितलाई साउन ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन ६ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।
बहीनी घरमा पढिरहेको समयमा आएर यौन दुर्व्यवहार गरेकोले न्यायकालगि प्रहरी उजुरी दिएको पीडितकी दिदीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परिक्षण असार ६ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।