INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई साउन ८ गते गिरफ्ता गरेको छ ।

पीडितलाई आरोपितले प्रलोभन देखाएर साउन ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा साउन ८ गते उजुरी दिएका थिए  ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालयका डिएसपी  श्यामु अर्यालले बताउनु भयो ।

आरोपितले ललाई फकाई गरेर बलात्कार गरेको र घटनाबाट पीडित बालिकाको नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको पीडितका बुवाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

अन्य

भिडियो